२६ फाल्गुन २०८२, मंगलवार
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आफूलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव आएपछि कांग्रेस सांसद डा.सुनिल शर्माले कडा प्रतिक्रिया जनाएका छन् ।
उनले युग परिवर्तन गर्न, सत्य र न्यायका लागि जनक सुकरातले हेमलट विष पिएर लड्ने बताएका छन् ।


आज बसेको कांग्रेस पदाधिकारी बैठकमा डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र डा. सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव आएको थियो ।
नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए । तर, सभापति देउवाले यसबारे कुनै जवाफ नदिएको स्रोतले बतायो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि गृहमन्त्रीको राजीनामा माग गरिएको थियो । तर, आजको बैठकले लेखकको संलग्नता पुष्टि नभएको भन्दै अफवाहकै भरमा राजीनामा माग्न नमिल्ने निष्कर्ष निकालेको छ ।