सेवा समर्पण नेपालद्वारा गोरखाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण

होमल्याण्ड खबर

२०८२ जेष्ठ २० गते, सोमबार १६:०१ मा प्रकाशित

अमेरिकी सेनामा कार्यरत केही नेपालीहरु र नेपालमै रहेका समाजसेवी मिलेर स्थापना भएको सेवा समर्पण नेपालले नेपालका विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आईरहेको छ ।

यसैक्रममा समर्पण नेपालले मुनलाइट सोसाइटी नेपालसँगको सहकार्यमा गोरखा जिल्लाका ५ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा सहयोग प्रदान गरेको छ ।

शुक्रबार र आइतबार गरी गोरखाको गण्डक भीमसेन थापा गाउँपालिकामा रहेका कालिका आधारभूत विद्यालय, दीर्घेश्वर आधारभूत विद्यालय, जनप्रिया आधारभूत विद्यालय, सिद्धकाली माध्यमिक विद्यालय र गण्डकी आधारभूत विद्यालयकाका १ सय ६० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको समर्पण नेपालले जनाएको छ ।

विगतदेखि नै यो संस्था शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र राहत कार्यमा सक्रिय संस्थाको रुपमा चिनिन्छ । सो संस्थाले विगतका वर्षहरूमा पनि विभिन्न ठाउँमा सहयोग गर्दै समाजसेवामा निरन्तरता दिँदै आएको छ ।

संस्थाले आपत विपद्मा परेका जोसुकै नेपालीलाई सकेको मद्दत गर्ने नीति लिएको छ । सहयोग आवश्यक पर्ने जो कसैले पनि सेवा समर्पण नेपालको आधिकारिक फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।