सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाऔँ : न्यायाधीश मल्ल

होमल्याण्ड खबर

२०८२ जेष्ठ २४ गते, शुक्रबार १३:४७ मा प्रकाशित

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गरे । उनले विद्यालय शिक्षाको ज्योति छर्ने थलो मात्रै नभई चेतना जन्माउने र बुद्धिमता सिर्जना गर्ने थलो भएको बताए ।

न्यायाधीश मल्लले भने ‘विद्यालय शिक्षाको ज्योति छर्ने थलो मात्रै होइन । यो चेतना जन्माउने थलो हो । बुद्धिमता सिर्जना गर्ने थलो पनि हो । सरकारी स्कुलमा गुणात्मक शिक्षा लगानी गर्ने र निजी स्कुलसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाइदिनु भयो भने तपाईँले भनेका सबै कुरा पूरा हुन्छन् ।’

न्यायाधीश मल्लले सबैकुरा पद, ओहोदा र आर्थिक शक्ति मात्रै नभएको उल्लेख गर्दै जिम्मेवारीको अनुभूतिले सफल बन्न मद्दत पुग्ने बताए ।