मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : देउवा

होमल्याण्ड खबर

२०८२ जेष्ठ २४ गते, शुक्रबार १४:३४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

शुक्रबार पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आलोपालोको सहमतिअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए ।

‘आलोपालो सरकार बनाउने कुरा हो । अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ,’ उनले भने ।