अख्तियारकाे छानबिनका विषयमा टिप्पणी गर्नु अनुचित : मन्त्री गुरुङ

होमल्याण्ड खबर

२०८२ जेष्ठ २४ गते, शुक्रबार १५:२० मा प्रकाशित

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको छानबिनका विषयमा टिप्पणी गर्नु अनुचित हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँगको कुराकानीमा मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वाभाविक भएको बताउनुभयो ।

मन्त्री गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । कर्मचारीको गल्तीमा विभागीय मन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत नभएको भन्दै उहाँले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्‍मा अवरोध गरिरहेका टिप्पणी गर्नुभयो ।

मन्त्री गुरुङले चालू अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी पनि दिनुभयो ।