‘अलबिदा’ लेखेर सम्पर्कविहीन बनेका डाक्टर बुटिक रिसोर्टमा भेटिए

होमल्याण्ड खबर

२०८२ असार २ गते, सोमबार १४:४९ मा प्रकाशित

सोमबार बिहान ९ बजेर ४७ मिनेटमा फेसबुकमा डाक्टर केशव श्रेष्ठले संवेदनशील पोष्ट गरे। उनले ‘अलबिदा’ भन्दै लामो सन्देश लेखेका थिए।

विभिन्न कारण दिएर उनले आफू बाँच्नै नसक्ने अवस्थामा पुगेको भन्दै परिवारसँग माफी पनि मागेका थिए। जुन पोस्ट केहीबेरमै भाइरल भयो।

तर उनको मोबाइल बन्द थियो। प्रहरीले उनको अन्तिम लोकेसन चाबहिल देख्यो। त्यसपछि खोजी गर्न प्रहरीको साइबर ब्युरो र काठमाडौँ प्रहरीसहित विभिन्न कार्यालय लागे।

१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट भएर काम गरेका श्रेष्ठले आफूलाई काम गर्न नदिएको भन्दै स्टाटस लेखेका थिए।