२५ फाल्गुन २०८२, सोमबार
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बिच बैठक हुन लागेको हो ।
प्रधानमन्त्री ओलीको सचिवालयले जनाएअनुसार बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ।


बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।
बैठकमा जारी संसद अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ ।
विशेषगरी गरी भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी रास्वपा र राप्रपाले संसद बैठकमा अवरोध गरिरहेका छन् । लगातारको अवरोधका बिच बजेटमाथिको बहससमेत व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन ।
यसअघि तीन दलका बिचमा भिजिट भिसा प्रकरणलाई लिएर २ बुँदे सहमति भएको थियो । जसलाई लिएर माओवादी केन्द्रभित्र प्रश्न उठेका छन् । तीन नेताको बैठकमा भिजिट भिसा प्रकरणको विषयमा मुख्यगरी छलफल हुने जनाइएको छ ।