२७ फाल्गुन २०८२, बुधबार
नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ ।
यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए । आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो । सशस्त्र प्रहरीसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा साढे एक घण्टापछि आगो नियन्त्रणमा लिएको छ ।


आगो निभाउन बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो । सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट मात्र प्नहरी निरीक्षक नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको थियो ।