२५ फाल्गुन २०८२, सोमबार
लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् ।
उनीविरुद्ध जिल्ला अदालत पर्साले बैंकिङ कसुरमा जेठ १६ गते पक्राउ पुर्जी जारी गरेको हो । पर्साको पोखरियाकी आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् ।


सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरिसकेको छ । सुमन हाल फरार छिन् ।
जनमतकै नेतृ आशाकुमारीसँग सुमनाले साढे पाँच लाख रूपैयाँ सापटी लगेर चेक दिएकी थिइन । फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य चेक साट्न जाँदा पैसा नभएपछि चेक बाउन्स भएको थियो ।