भोलि सबै सांसदहरूलाई अनिवार्य सदनमा उपस्थित हुन एमालेको ह्वीप

होमल्याण्ड खबर

२०८२ असार ९ गते, सोमबार १४:५३ मा प्रकाशित

नेकपा एमालेले असार १० (भोलि) गते आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनेको छ ।

त्यसदिन आगामी आर्थिक वर्षको बजेट निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरेका छन् ।