सरकारी सेवा लिन लामो लाइन बस्नुपर्ने अवस्थाले जनता आजित छन् : गगन थापा

होमल्याण्ड खबर

२०८२ असार ९ गते, सोमबार १६:२३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी सेवा लिन लामो लाइन बस्नुपर्ने अवस्थाले जनतामा वितृष्णा पैदा भएको बताएका छन् ।

सोमबार एक कार्यक्रममा बोल्दै थापाले सरकारी सेवा प्राप्त गर्न ‘लाइनमा बस्नुपर्ने वा पहुँच चाहिने’ प्रवृत्तिबाट जनता आजित भएको बताए ।

उनले भने, ‘सरकारप्रति जनताको मुख्य आक्रोश लाइन बस्नुपर्ने बाध्यता हो । जहाँसुकै सरकारसँग ठोक्किँदा रिस उठ्छ। सरकार भनेको समग्र राज्य हो । यदि राज्यसँगको हरेक अन्तरक्रियामा निराशा जन्मिन्छ भने, समाधान के होरु सकेसम्म राज्यसँग प्रत्यक्ष भेटघाट नहुने प्रणाली बनाउने । भेट्नै परे पनि भौतिक उपस्थिति बिना काम हुने व्यवस्था गर्ने। यस्तो प्रणालीले राज्यप्रति जनविश्वास बढ्छ ।’

राजनीतिक क्षेत्रमा समेत प्रविधिको अधिकतम प्रयोगले प्रभावकारिता बढ्ने उनको भनाइ थियो ।