२५ फाल्गुन २०८२, सोमबार
सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ ।
बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले यो घोषणा गरेका हुन् ।


सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको र विभिन्न योजनाहरु बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए । लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको पनि उनले बताए । देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरु रहेको जानकारी उनले गराए ।