रास्वपाले बोलायो संसदीय दलको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने

होमल्याण्ड खबर

२०८२ असार १३ गते, शुक्रबार १२:४५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।

रास्वपाले शनिबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको संसदीय दलको कार्यालय बस्ने गरी संसदीय दलको बैठक बोलाएको हाे ।

बैठकमा भिजिट भिसा प्रकरण र पछिल्ला विकसित घटनाबारे छलफल हुने पार्टीका एक नेताले जानकारी दिए ।

१३ जेठदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले संसदमा विरोध जनाउँदै आएको छ ।