२५ फाल्गुन २०८२, सोमबार
नेपाली कांग्रेसले केन्द्रीय पार्टी कार्यालय परिसर विस्तार गर्न थप जग्गा र घर खरिद गरेको छ।
हाल कार्यालय रहेको परिसर अगाडिपट्टि १९ आना थप जग्गा र एउटा घर खरिद गर्ने सम्झौता भएको पार्टीका एक नेताले जानकारी दिए ।


ललितपुर महानगरपालिका–१ असुरेश्वर महादेवका नाममा रहेको उक्त घर तथा जग्गा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा १३ करोड मूल्याङ्कन गरेर ५० लाख बैंकमार्फत भुक्तानी गरिएको पार्टीले जनाएको छ ।
