२५ फाल्गुन २०८२, सोमबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट बैठक सुरु भएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो सुरु भएको हो ।


बैठकमा कांग्रेसको क्रियाशील सदस्यता वितरण, भातृ संस्थाको म्याद थपजस्ता विषयका साथै समसामयिक एजेन्डामा छलफल हुने बताइएको छ ।
विधानअनुसार हरेक २ महिनामा बस्नुपर्ने बैठक ९ महिनापछि बसेको हो ।