१४ मंसिर २०८१, शुक्रबार
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ ।
मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको पारिवारिकस्रोतले जनाएको छ ।
कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।