निजामती विधेयकमा भएको हेरफेरले संसद् र सांसदको अपमान : राजेन्द्र लिङदेन

होमल्याण्ड खबर

२०८२ असार १७ गते, मंगलवार १६:३७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निजामती विधेयकमा भएको हेरफेरले संसद् र सांसदको अपमान गरेको बताएका छन् ।

प्रतिनिधिसभाबाट पारित विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेपछि अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘निजामती सेवा विधेयकको सबैभन्दा बेसी छलफल भएको र छलफलपछि सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन । संसद् र सांसदको अपमान हो ।’

अध्यक्ष लिङदेनले सामसुम पार्ने विषय नभएको भन्दै गम्भीर छानबिनको माग गरेका छन् ।