संविधानसभा सदस्य रामअयोध्या यादवको निधन

होमल्याण्ड खबर

२०८२ असार १८ गते, बुधबार १३:४८ मा प्रकाशित

दोस्रो संविधानसभाका सदस्य तथा नेपाली कांग्रेसका नेता रामअयोध्याप्रसाद यादवको निधन भएको छ । मल्टिपल अर्ग्यान फेलियर समस्या भएर वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका लागि भर्ना भएका यादवको गएराति ७२ वर्षको उमेरमा निधन भएको हो ।

बाराको सुवर्ण गाउँपालिका–२ निवासी यादव लामो समयदेखि मधुमेहबाट पीडित थिए ।