२२ फाल्गुन २०८२, शुक्रबार
मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
पहिले बलिङ गरेको नेपालले ११.४ ओभरमै मलेसियाले दिएको ९१ रनको लक्ष्य पूरा पर्यो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको बनाउँदै जितसम्म पुर्याए भने शिवान्स बजगाईं २३ रनका अविजित रहे ।


यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाएका थिए ।
बलिङमा नेपालका अभय यादवले सर्वाधिक चार विकेट लिए । शुभम् खनालले तीन, कप्तान विपिन शर्मा र सचिव भट्टले एक/एक विकेट हात पारे । अब नेपालले फाइनलमा हङकङ र सिंगापुरसँग खेल्नेछ ।
फाइनल खेल शनिबार हुनेछ ।