कांग्रेस बैठकमा केसीको प्रश्न : विधान ठुलो हो कि अनुशासन समिति ठुलो हो ?

होमल्याण्ड खबर

२०८२ असार १९ गते, बिहीबार १५:०४ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अनुशासन समिति पार्टी विधान भन्दा ठुलो हो भन्दै प्रश्न गरेका छन् ।

बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता केसीले गत निर्वाचनमा कांग्रेस पार्टी परित्याग गरी अर्को पार्टीबाट निर्वाचन लडेको व्यक्तिलाईसमेत अनुशासन समितिले जोगाएको भन्दै विधान ठुलो हो कि अनुशासन समिति ठुलो भनेर प्रश्न गरेका हुन् ।

९ वर्षदेखि महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाका तदर्थ समितिको म्याद थप्नु उपयुक्त नहुने उनले बताए । कुन विधानका आधारमा भ्रातृसंस्थाका तदर्थ समिति ७ सय र ४ सय सदस्यीय बनाइयो भन्दै प्रश्न पनि गरे । गत सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति बैठक जारी छ ।