एनआईसी एसिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य

होमल्याण्ड खबर

२०८२ श्रावण ७ गते, मंगलवार १६:५५ मा प्रकाशित

एनआईसी एसिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बिच यस बैंकका ग्राहकको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।