९ मंसिर २०८१, आईतवार
२०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको समाचार आजको नयाँ पत्रिकाले एघारौं पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, जापानले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए ।