नेपाल आइडल–२ का विजेता रवि ओडको आमाको करेन्ट लागेर मृत्यु

होमल्याण्ड खबर

२०७५ पुष ११ गते, बुधबार ११:३८ मा प्रकाशित

नेपाल आइडल सिजन दुईका विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी विष्णाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी रविको कर्मदिने आमा हुन् । रविलाई जन्मदिने आमाको पहिल्यै नै मृत्यु भईसकेको थियो ।