ज्योति विकास बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ पुष १२ गते, बिहीबार १०:३३ मा प्रकाशित

ज्योति विकास बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सहकार्य सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सो सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिब राजभण्डारीले हस्ताक्षर गरे ।  ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाइर र बैंकका कर्मचारीहरुले बैंकको आईडेन्टीटी कार्ड देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।