एनआइसी एशियाको फेसबुकमा साथी नामक च्याटबोट सञ्चालनमा

होमल्याण्ड खबर

२०७५ पुष १२ गते, बिहीबार १०:५० मा प्रकाशित

एनआइसी एशिया बैंकले सामजिक सञ्जाल फेसबुकमा साथी नामक च्याटबोट सञ्चालनमा ल्याएको छ । साथी नामक च्याटबोट मार्फत बैंकका ग्राहकहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन् ।

यो कामले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।

बैंकले देशभर २७० शाखा, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।