धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने मन छः प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७५ पुष १२ गते, बिहीबार १३:२७ मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर वातावरणमैत्री सुधरिएको काठमाडौं हेर्ने मन भएको बताएका छन् ।

बिहिबार सुन्धारामा पुन निमाणको शिलन्यास गर्न पुगेका प्रधानमन्त्री ओलीले अबको दुईबर्ष भित्रै ठेकेदारले धराहरा पुर्नर्निमाणको काम सक्ने विश्वास व्यक्त गर्दै यस्तो अभिब्यक्ति दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ र ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्ने छ ।’

धरहराको टुप्पोबाट धुलोमैलो सहर देखिएमा भने लाज हुने बताउँदै उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको धारणा राखे।

२०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुने छ ।