देशभर चिसो बढ्योः काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्री

होमल्याण्ड खबर

२०७५ पुष १३ गते, शुक्रबार १०:२५ मा प्रकाशित

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसअघि बुधबार १ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार भने बढेर तापक्रम ५ दशमलव ५ डिग्री पुगेको थियो ।

काठमाडौंमा मात्र होईन देशका विभिन्न ठाउँमा चिसोले गर्दा सामान्य जनजिवन प्रभावित भएको छ । हिमाली क्षेत्रको तापक्रम माइनसमा पुगेको र खोलाहरुपनि बरफ भएको छ ।

शुक्रबार बिहान हुम्ला–सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियस छ । यस्तै डडेलधुराको तापक्रम माइनस १ दशमलव ३ डिग्री रहेको महाशखाले जनाएको छ ।