९ मंसिर २०८१, आईतवार
एनआईसी एशिया बैंकले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ७० वटै शाखाबाट सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे ।