९ मंसिर २०८१, आईतवार
माछापुछ्रे बैंक लिमिटेडले सुनकोसी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले बिहीबार ओखलढुंगाको सुनकोसी गाँउपालिकास्थित सुनकोसी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
उक्त शाखाको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीसँग संयुक्त रूपले गरे । यसअघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति थिएन ।
सुनकोसी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोसी गाउँपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरूलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखा र ४६ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १ सय ३५ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरू सञ्चालनमा छ ।