८ बैशाख २०८२, सोमबार
ग्लोबल आईएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि नवलपरासी बर्दघाट–सुस्तापूर्व जिल्लाको मध्यविन्दु नगरपालिका– १५, हर्बस्टारमा ११३ औं र बुधबारदेखि सोही जिल्लाकै कावासोती नगरपालिका–१७, गोछडामा ११४औं र बिहीबारदेखि पाल्पा जिल्ला रम्भागाउँपालिका–१, हुँगीमा ११५ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
यी तीनै शाखारहित बैंकिङ सेवाहरूको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीहरूको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छन् ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने विभिन्न टिभी च्यानलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्नेलगायतका सेवा लिन सक्ने पनि जनाएको छ ।