प्रभु बैंकको सीईओमा शर्मा नियुक्त

होमल्याण्ड खबर

२०८२ माघ २१ गते, मंगलवार १२:५८ मा प्रकाशित

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सीईओ अशोक शेरचनले राजीनामा दिएसँगै रिक्त पदमा बैंकले शर्मालाई नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्योभन्दा अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

नवनियुक्त सीईओ शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् ।