सिद्धार्थ बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ पुष १६ गते, सोमबार १६:०८ मा प्रकाशित

सिद्धार्थ बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, कार्डवाहक, कार्डवाहकका परिवार तथा सम्पूर्ण ग्राहकले हस्पिटलमा स्वास्थ्य सेवा लिँदा १० प्रतिशतसम्मको छुट पाउने छन् ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख पेमेन्ट सलुसन्स सुरेशराज महर्जन र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।