सिटिजन्स बैंकमा अब अनलाइनबाट घरमै बसी खाता खोल्न सकिने

होमल्याण्ड खबर

२०७५ पुष १७ गते, मंगलवार ११:४८ मा प्रकाशित

सिटिजन्स बैंकले घरमै खाता खोल्न सकिने गरी अनलाइन सुविधा संचालनमा ल्याएको छ ।

बैंकले अबदेखि खाता खोल्नकालागि बैंकको कार्यालयमा पुग्न नपर्ने गरी वेबसाइटबाटै खाता खोल्न सकिने जनाएको छ ।

यसबाट बैंकले सहज र सुरक्षित तरिकाबाट खाता खोल्न सकिने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

बैंकले यसअघ नै अनलाइन आस्वा, डिम्याट, स्मार्ट बैंकिङ जस्ता ग्राहकमुखी सुविधा दिँदै आएको जनाएको छ ।