१५ मंसिर २०८१, शनिबार
सोमबारदेखि उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको छ ।
उपत्यकाको तापक्रम अझै केही दिन शून्य डिग्री सेल्सियस कायम रहने पूर्वानुमान मौसम विभागले गरेका छन् । सोमबारको तापक्रम यस वर्षकै सबैभन्दा न्यून भएको विभागले जानकारी दिएको छ । तापक्रम अझै घट्न सक्ने पनि बताइएको छ ।
पुस १५ देखि माघ १५ सम्म न्यूनतम तापक्रम यस्तै रहने विभागको पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले तापक्रम निरन्तर घट्ने क्रम जारी रहनेछ । मंगलबार बेलुकादेखि मौसम फेरिनेछ भने बुधबार बदली भई केही ठाउँमा पानी पर्ने र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको छ ।
पश्चिमी उच्च हिमाली भूभागका केहि ठाउँमा हलुका हिमपात हुने र बुधबार दिउँसो पश्चिमी तथा मध्य भेगमा सामान्य बदली भई पानी पर्ने सम्भावना विभागले जनाएको छ ।