९ मंसिर २०८१, आईतवार
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको चौथो खेलमा समेत विकेट लिन सफल भएका छन् ।
मेलबर्न स्टार्समा रहेका सन्दीपले डर्बी क्लब मेलबर्न रेनेगेड्सविरुद्ध आफ्नो दोस्रो ओभरमा मेलबर्न रेनेगेड्सका कप्तान टम कोपरलाई बोल्ड आउट गरेका हुन् ।
उनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका छन् । यस ओभरमा सन्दीपले ४ रन मात्र खर्चिएका थिए।
यसअघिका ३ खेलमा कुल ७ विकेट लिएका सन्दीपले मेलबर्न रेनिगेड्सविरुद्धको खेलमा थप १ विकेट हात पारेसँगै उनले खेल अवधिभर ७ विकेट लिन सफल भए ।