१० बैशाख २०८३, बिहीबार
सरकारले राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
‘नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गर्ने निर्णय भएको छ,’ बैठकपछि बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भनिन् ।

