लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

होमल्याण्ड खबर

२०८३ जेष्ठ ८ गते, शुक्रबार १०:२८ मा प्रकाशित

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालले अघिल्लो खेलमा स्कटल्यान्डलाई पराजित गरेको पहिलो रोजाईँको टोलीलाई नै निरन्तरता दिएको छ ।

नेपाल र अमेरिका दुवैले पछिल्लो खेलमा स्कटल्यान्डलाई हराएको थियो ।