१२ जेष्ठ २०८३, मंगलवार
फिफा विश्वकप २०२६ का लागि कोलम्बियाको अन्तिम टोली घोषणा भएको छ । टोलीमा कप्तान जेम्स रोड्रिग्वेज समावेश छन् ।
३४ वर्षीय मिडफिल्डर रोड्रिग्वेज यस सिजन स्वास्थ्य समस्याका कारण धेरै खेल खेल्न सकेका थिएनन् । मार्चमा फ्रान्ससँगको मैत्रीपूर्ण खेलपछि उनी अस्वस्थ भई अस्पतालमा भर्ना भएका थिए । तर पूर्ण रूपमा फिट भएपछि उनलाई विश्वकप टोलीमा समेटिएको हो ।


टोलीमा लुइस डियाज, डानियल मुनोज, जेफरसन लेर्मा र अनुभवी गोलकिपर डेभिड ओस्पिना पनि छन् ।
कोलम्बियाले विश्वकपअघि जुन १ मा कोस्टा रिका र जुन ७ मा जोर्डनसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
कोलम्बिया समूह ‘के’ मा रहेको छ । उसले जुन १७ मा डेब्यु टोली उज्बेकिस्तानविरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि डीआर कंगो र पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।
कोलम्बियाको विश्वकप टोली
गोलकिपर : कामिलो भार्गास, अल्भारो मोन्तेरो, डेभिड ओस्पिना
डिफेन्डर : डेभिन्सन सान्चेज, जोन लुकुमी, येरी मिना, विलेर डिट्टा, डानियल मुनोज, सान्टियागो आरियास, जोहान मोजिका, डेइभर माचाडो
मिडफिल्डर : रिचार्ड रियोस, जेफरसन लेर्मा, केभिन कास्टानो, जुआन कामिलो पोर्टिया, गुस्ताभो पुर्टा, जोन आरियास, होर्खे कारास्काल, जुआन फर्नान्डो क्विन्तेरो, जेम्स रोड्रिग्वेज, जामिन्टन काम्पाज
फरवार्ड : जुआन कामिलो हेर्नान्डेज, लुइस डियाज, लुइस सुआरेज, कार्लोस आन्द्रेस गोमेज, जोन कोर्डोबा