१२ जेष्ठ २०८३, मंगलवार
प्रधानमन्त्री बालेन शाहले युरोपेली युनियन अन्तर्गतका राजदूतसहित २३ जना कुटनीतिज्ञसँग छलफल गरेका छन् । प्रधानमन्त्री बालेनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल गरेका हुन् ।
यसअघिका सरकारले राजदूतहरुसँग एक्लाएक्लै भेट्ने परम्परा थियो । तर, बालेनले उक्त परम्परा तोडेका हुन् । राजदूतहरुसँग सामूहिक भेटघाट गरेकोमा उनको प्रशंसा समेत भएको थियो ।

