एआई कम्प्यूट सेन्टर स्थापना गरिने

होमल्याण्ड खबर

२०८३ जेष्ठ १५ गते, शुक्रबार १६:४५ मा प्रकाशित

सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार, यो सेन्टर देशकै पहिलो सार्वभौम सेन्टर हुनेछ ।

‘काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गर्नेछौं,’ उनले भने, ‘हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्युट क्षमता उपलब्ध गराउनेछौं ।’