उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८३ जेष्ठ २५ गते, सोमबार १४:१४ मा प्रकाशित

एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधिका लागि भइरहेको फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो।

हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए भने शाहिद वासिफले २८ बलमा ५५ रन बनाए। यस‍्तै, शिव माथुरले २६ रन बनाए।

नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए।