२६ जेष्ठ २०८३, मंगलवार
साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५७ कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार अग्रिकल्चर बोन्ड (८ वर्ष) को भएको छ । यस कम्पनीको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


आजको बजारमा सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।