२३ असार २०८३, मंगलवार
साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अफ्रिकन जायन्ट इजिप्टसँग खेल्दैछ ।
यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहसलो पटक आमने सामने हुन लागेका हुन् ।


दुवै टोलीले अन्तिम ३२ मा संघर्षपूर्ण जित निकालेका थिए । राउण्ड अफ ३२ मा अफ्रिकाको नवप्रवेशी केप भर्डेलाई ३-२ ले पराजित गर्दै अघि बढेको दक्षिण अमेरिकि जायन्ट अर्जेन्टिनाले अन्तिम १६ मा अर्को अफ्रिकी टिमसँग खेल्न लागेको हो ।
इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टीसुटआउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट खेल जिथेको थियो ।