फिफा विश्वकप २०२६ मा नेदरल्यान्ड्स सबैभन्दा अनुशासित टोली घोषित

होमल्याण्ड खबर

२०८३ श्रावण ५ गते, मंगलवार ११:५१ मा प्रकाशित

नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ को सबैभन्दा अनुशासित टोली घोषित भएको छ। प्रतियोगिताभर उत्कृष्ट खेलभावना, अनुशासन र फेयर प्लेको उदाहरण प्रस्तुत गरेपछि फिफाले नेदरल्यान्ड्सलाई फेयर प्ले अवार्ड प्रदान गरेको हो।

प्रतियोगिताका क्रममा नेदरल्यान्ड्सका खेलाडीले न्यून कार्ड, खेल नियमको पालना तथा खेलभावनापूर्ण प्रदर्शनका आधारमा अन्य टोलीलाई पछि पार्दै उक्त सम्मान जितेका हुन्।

फिफाले प्रत्येक विश्वकपमा मैदानभित्र अनुशासन, खेलभावना र निष्पक्ष प्रतिस्पर्धालाई प्रोत्साहन गर्न उत्कृष्ट टोलीलाई फेयर प्ले अवार्ड प्रदान गर्दै आएको छ। यसपटक उक्त सम्मान नेदरल्यान्ड्सको पोल्टामा परेको हो।