नेपाल पाँचौँ सेटमा पराजित

होमल्याण्ड खबर

२०८३ श्रावण ६ गते, बुधबार १६:३८ मा प्रकाशित

नेपाल काभा पुरुष भलिबल च्याम्पियनसिको आफ्नो पहिलो खेलमा काजकिस्तानसँग पाँचौँ सेटमा पराजित भएको छ ।

बुधबार पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलको सुरुआती दुई सेट १९–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट ३४–३२, २५– १९ ले आफ्नो पक्षमा पार्दै खेल लम्बाएको थियो ।

तर पाँचौँ तथा अन्तिम सेट नेपालले १५–९ ले गुमायो ।

हारका बाबजुद पनि नेपालले एक अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार श्रीलंकाको सामना गर्नेछ ।