९ मंसिर २०८१, आईतवार
सटिजन्स बैंक इन्टरनेसनलले कर्णाली प्रदेश अर्थात प्रदेश नम्बर ६ को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ ।
उक्त कार्यालयको आरम्भ समारोहमा कर्णाली प्रदेशका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
कर्णाली प्रदेशमा रहेका १० जिल्ला मध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेतमा यस बैैंकका शाखाहरु रहेका छन ।
यस अगावै बैंकले प्रादेशिक कार्यालयहरु ः प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा र प्रदेश नं ५ को नेपालगंजमा, आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबार्ट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।