१९ श्रावण २०८३, मंगलवार
प्से परिसूचक सोमबार सामान्य अंकले घटेको छ। कारोबार हुने साताको पहिलो दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.४९ अंक, फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले बढेको छ।
नेप्से घटेपनि कारोबार रकम भने गत शुक्रबारको तुलनामा ७२ करोडले बढेको छ। सोमबार ३४९ स्टकको ६३ हजार ६४८ पटकको कारोबारमा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत शुक्रबार नेप्सेमा ३ अर्ब ७५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।

