२६ श्रावण २०८३, मंगलवार
नेपाली एकदिवसीय टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलको योगदान र नेतृत्वको प्रशंसा गरेका छन्।
उनले पौडेलले टोलीलाई विभिन्न परिस्थितिमा प्रभावकारीरूपमा नेतृत्व गरेको उल्लेख गर्दै उनको उपस्थिति र योगदान सधैं सम्मानका साथ स्मरण गरिने बताएका छन्।


‘टोलीका लागि तपाईंले गर्नुभएको हरेक योगदान र हरेक क्षणमा हामीलाई जसरी नेतृत्व गर्नुभयो, त्यसका लागि धेरै–धेरै धन्यवाद,’ लामिछानेले लेखेका छन्।
क्यानले सोमबार सन्दीपलाई एकदिवसीय टिमको कप्तानमा नियुक्त गरेको थियो। पछिल्लो समय टोलीले लगातार खराब प्रदर्शन गरेपछि क्यानले टिम कप्तान परिवर्तन गरेको हो।