सुनको मूल्य बढ्यो

होमल्याण्ड खबर

२०८३ भाद्र ७ गते, आईतवार १२:१२ मा प्रकाशित

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख लाख १६ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ निर्धारण भएको छ महसंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।