११ भाद्र २०८३, बिहीबार
रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियासामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४१.४ ओभरमा सबै विकेट गुमाएर १७० रनको योगफल तयार पारेको थियो ।


नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ८६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । गुल्सनकुमार झाले ४५, कप्तान सन्दीप लामिछानेले १३ तथा अर्जुन कुमाल र आसिफ शेखले १०–१० रन बनाए ।
छैटौँ विकेटका लागि रोहित र गुल्सनबीच ५९ रनको साझेदारी भएको थियो । मलेसियाका अकिल वाहिदले चार, कप्तान सैयद अजिजले तीन, रिजवान हैदरले दुई र अमिर अजिमले एक विकेट लिए ।
नेपालले एसीसी प्रिमियर कपको तयारी स्वरुप मलेसियासँग अभ्यास खेल खेलेको हो । पहिलो अभ्यास खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको थियो ।